images images images
images images images
images
images
images

अब भरतपुर विमानस्थलबाटै जहाजले इन्धन भर्न पाउने

images

चितवन । काठमाडौं र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट भरतपुर विमानस्थलबाटै इन्धन भर्न पाउने भएका छन् । नेपाल आयल निगमले यही फागुन ६ गतेबाट यहाँ इन्धन भर्न मिल्ने गरी तयारी अघि बढाएको हो ।

निगमका प्रवक्ता उपनिर्देशक मनोजकुमार ठाकुरले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरी काम अघि बढाइएको बताए । उनले भने, ‘यही फागुन ६ गतेबाट रिफिलिङ् गर्ने गरी काम भइरहेको छ। डिपो स्टेशन स्थापनाका लागि दुई थान रिफ्युलर र एक थान मोबाइल डिस्पेन्सरको व्यवस्था गरिएको छ। दिगो रूपमा काम गर्न भने छ महिनादेखि एक वर्ष लाग्ने छ ।’

images
images

जमिनमुनि वा माथि ट्याङ्की राखेर काम गर्नका लागि समय लाग्ने भए पनि तत्काल इन्धन जहाजमा भर्ने व्यवस्था मिलाउन समय नलाग्ने उनले बताए । निगमले यहाँ ३० किलोलिटर इन्धन भण्डारण र व्यवस्थापनका लागि रु चारदेखि पाँच करोड खर्च हुने जनाएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले प्राधिकरणसँग जग्गा सम्झौता भएको र बाँकी सबै काम निगमले गर्ने जानकारी दिए । उनका अनुसार यस कार्यबाट त्यस क्षेत्रमा उडान भर्ने जहाज लाभान्वित हुनेछन् ।

बुद्ध एयरले भरतपुरबाट काठमाडौं र पोखरा गरी दैनिक सात वटा जहाज उडान भर्दै आएको छ। दुईवटा ४७ सिटका र पाँचवटा ७२ सिटका जहाजले यहाँबाट उडान भरिरहेका बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले जानकारी दिए । यहाँ तेल भर्ने व्यवस्था भए काठमाडौंबाट यहाँ आउने जहाजमा थप दुई जना यात्रु ल्याउन सकिने उनको भनाइ छ ।

बुद्ध एयरको ७२ सिटको जहाजले काठमाडौंबाट आउँदा हाल ७० जना बोक्ने गरेको छ भने गर्मीयाममा ६० जना बोक्नुपर्ने बाध्यता छ। बस्नेतका अनुसार यहाँबाट उड्दा भने हाल ५५ जना र गर्मीयाममा ४० जना बोक्ने गरिएको छ । यस्तै, ४७ सिटको जहाजले हाल काठमाडौंबाट आउँदा ४५ जना र फर्कदाँ ४३ जना लिएर जाने गरेको छ। गर्मीयाममा काठमाडौंबाट आउँदा ३५ जना र यहाँबाट जाँदा ३३ जना हाराहारी यात्रु बोकेर जाने गरेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्