काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक पृथक विशेषता सहित ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना ’ सार्वजनिक गरेको छ ।
‘एकै योजना बहु–लाभ, सबै नारीका लागि सजिलो पहुँच’ भन्ने नारा सहित सार्वजनिक गरिएको यो योजनाको मुख्य विशेषतो बीमालेखको वार्षिकोत्सवमा बीमाङ्कको आधारमा नगद सुविधा प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ। जसमा मृत्युमा प्रदान गरिने बीमाङ्क रकम हरेक ५ वर्षमा २५% ले बढाइने छ ।
यस्तै, नेपाली जीवन बीमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता पुरक करार सुविधा समेत समावेश गरिएको यस योजनाले नारीको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा एकैसाथ प्रदान गर्ने कम्पनीले जनाएको छ। नजिकिदै गरेको नारी दिवसका अवसर पारेर सार्वजनिक गरिएको यस योजना महत्त्वपूर्ण ऐच्छिक सुविधाहरू सहित ल्याएको बताइएको छ।
विशेष गरी मातृत्व सुरक्षालाई ध्यानमा राखेर नेपाल लाइफले पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा ल्याएको हो । गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधामा करार भित्र पर्ने ११ वटा गम्भीर गर्भावस्था सम्बन्धी जटिलतामध्ये कुनैपनि जटिलता पुष्टि भएमा एकमुष्ट १ लाख रुपैयाँ तुरुन्तै कम्पनीले उपलब्ध गराउनेछ । साथै, गर्भावस्थासँग सम्बन्धित स्वास्थ्य सेवाको लागि १ पटकका लागि एकमुष्ट १० हजार रुपैयाँ नेपाल लाइफले प्रदान गर्नेछ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) न्यूनतम बीमाङ्क रकम दुई लाख पचास हजार र अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा गर्न सकिने कम्पनीले जनाएको छ । यस योजनामा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष पूरा नभएको हुनुपर्नेछ । यस योजनासँगै दुर्घटना मृत्यु लाभ, पूर्ण स्थायी अशक्तता सुविधा तथा बीमाशुल्क छुट सुविधा जस्ता विभिन्न ऐच्छिक पूरक करारहरू पनि लिन सकिने कम्पनीले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्