Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कांग्रेसले आज जनकपुरधामबाट प्रतिज्ञापत्र सार्वजनिक गर्दै

कांग्रेसले आज जनकपुरधामबाट प्रतिज्ञापत्र सार्वजनिक गर्दै
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ। सो पार्टीले कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुने सभामा प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

प्रतिज्ञासभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, पदाधिकारी एवं केन्द्रीय तहका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनले एतिहासिक नगरी जनकपुरधाममा हुने कार्यक्रमलाई राजनीतिक रुपमा मात्र नलिएर मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने विशेष अवसरका रुपमा लिएको स्पष्ट गरे । प्रवक्ता चालिसेका अनुसार मधेसको माटोले सधैँ प्रजातन्त्र, समावेशिता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको छ । सोही भूमिबाट आज कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ ।

कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले आन्दोलनपछिको राजनीतिक यात्राका क्रममा मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेण्डाका रूपमा आत्मसात् गरी अघि बढेको कांग्रेसको आज हुने प्रतिज्ञा सभालाई ऐतिहासिक बनाउन समग्र पार्टी पङ्क्ति जुटेको बताए । उनका अनुसार प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट उल्लेख्य जनसहभागित हुने अपेक्षा गरिएको छ ।

प्रदेश सभापति यादवले भने, ‘कांग्रेसका सभापति थापा स्वयं मधेस प्रदेशअन्तर्गतको सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवार बनेर मधेसको जनतासँग प्रत्यक्ष जोडिनुभएको छ। यो केवल चुनावी रणनीति मात्र नभई मधेस र राष्ट्रिय राजनीतिबीचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो ।’ कांग्रेस प्रवक्ता चालिसेले पार्टीको केन्द्रीय कार्यालय, सानेपामा आज अपराह्न ४ः०० बजे पत्रकार सम्मेलन गरी प्रतिज्ञापत्रबारे जानकारी गराउने कार्यक्रम रहेको जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit