Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन, निर्माण लागत चार अर्ब ७९ करोड

सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन, निर्माण लागत चार अर्ब ७९ करोड
विज्ञापन
Advertisement

ढोरपाटन (बागलुङ) । एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ। यही फागुन २ गते निर्माण सम्पन्न भएपछि फागुन ३ र ४ गते परीक्षण गरिएको सवस्टेसन मङ्गलबारदेखि नियमित रूपमा सञ्चालन गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

एक वर्ष अघि सञ्चालनमा आउने भनिएको उक्त सवस्टेसनअन्तर्गत बागलुङको बडिगाड गाउँपालिका क्षेत्रमा स्थानीयले टावर निर्माण र लाइन तान्न अवरोध गरेपछि ढिलाइ भएको थियो। कपिलवस्तुको मोतिपुरबाट सन्धिखर्कसम्मको लाइन निर्माण विसं २०७८ चैत १२ गते सुरु भएकामा अघिल्लो वर्ष असार ७ गतेदेखि सञ्चालन गर्ने योजना थियो ।

ठाउँठाउँमा काम गर्दा अवरोध आएपछि समयमा सञ्चालनमा ल्याउन नसकेको आयोजना प्रमुख मनोज चौधरीको भनाइ छ । करिब डेढ वर्ष बडिगाडका स्थानीयले टावर निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेपछि आयोजनाको काम रोकिएको थियो । गत वर्ष असार ९ गते सर्वोच्चले रिट खारेज गरिदिएपछि निर्माण कार्य तीव्रगतिमा अघि बढाइएको चौधरीले जानकारी दिए ।

पहाडी जिल्लालाई केन्द्रीय प्रसारण लाइनसँग जोड्नका लागि कपिलवस्तुको मोतिपुरबाट आयोजनाले अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सवस्टेसन विसं २०७८ देखि निर्माण सुरु गरिएको थियो । ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा सवस्टेसन निर्माण गरेर सञ्चालन गरिएको हो ।

‘हामीले अघिल्लो वर्ष सञ्चालनमा ल्याउने गरी काम गरेका थियौँ तर, विभिन्न समस्याले गर्दा काम सम्पन्न हुन सकेको थिएन। फागुन २ गते काम सकिएलगत्तै परीक्षण गरेका थियौँ, अहिले नियमित रूपमा प्रसारणलाइन सञ्चालनमा आएको छ’ आयोजना प्रमुख चौधरीले भने ।कपिलवस्तुबाट बुर्तिबाङसम्म ८६ किलोमिटर दूरी रहेको छ। यहाँ ‘डबल सर्किट’को तार विस्तार गरिएको प्रमुख चौधरीले बताए । उनका अनुसार चार अर्ब ७९ करोड लागतमा उक्त आयोजना सञ्चालनमा आएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit