काठमाडौं । प्रतिपक्षी दलहरुको संयुक्त बैठक जारी छ । आजको सदन सञ्चालनबारे निर्णय गर्न संसद भवनस्थित प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसिरहेको हो ।
बैठकमा संविधान र गणतन्त्र पक्षधर संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागी रहेको प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )भने छलफलमा सहभागी छैन ।
आजको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलको भूमिकाबारे बैठकमा छलफल भइरहेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएका प्रतिपक्षी दलहरुले आजको संसद बैठक अवरुद्ध पार्ने तयारी गरेका छन् ।
यस्तै, सरकारले ११ बजेलाई बोलाएको बैठकमा आर्थिक वर्ष २०८२/ ८३ को बजेटबारे छलफल गर्ने कार्यसूची तय गरेको छ । तर, विपक्षी दलहरु आपसी छलफलमा जुटेकाले सदन सुरु हुन सकेको छैन ।

















प्रतिक्रिया दिनुहोस्