Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

दोस्रो संस्करणको ‘वाडा अटो शो’ को स्टल बुकिङ्ग खुल्ला

दोस्रो संस्करणको ‘वाडा अटो शो’ को स्टल बुकिङ्ग खुल्ला
विज्ञापन
Advertisement

काठमाडौं । पर्यटकीय राजधानी पोखरामा दोस्रो पटक हुन लागेको‘वाडा अटो शो २०२६’ का लागि टल बुकिङ्ग खुल्ला गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भईरहेका आधुनिक प्रविधि विकासतर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी यही चैत्र ११ देखि १५ गतेसम्म तालबाराही चोक स्थित खेल मैदानमा वाडा अटो शो आयोजना हुँदैछ ।

उक्त शोमा सम्पूर्ण साना, मझौला तथा ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आवहान गर्दै आयोजकले आजदेखि १९ गते सम्म प्रदर्शनीमा सहभागी हुन चाहनेका लागि स्टल बुकिङ्ग खुल्ला गरेको हो ।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसनद्वारा नाडा प्रेजेन्ट्स् वाडा अटो शो आयोजना गर्न लागिएको बताइएको छ । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज् प्रा.लि.ले गर्दैछ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit