Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म बन्यो डिगो

नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म बन्यो डिगो
विज्ञापन
Advertisement

काठमाडौं। डिशहोम डिजिटल प्रा.लि. अन्तर्गत सञ्चालित डिगो ओटीटीले नेपाल सरकारबाट ओटीटी प्रसारण सेवासम्बन्धी आधिकारिक लाइसेन्स प्राप्त गर्दै नेपालको पहिलो लाइसेन्सप्राप्त ओटीटी प्लेटफर्म बनेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार डिगोसँग आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार समेत रहेको छ, जसमार्फत चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद, प्रत्यक्ष प्रसारण, वृत्तचित्र तथा बाल सामग्री दर्शकमाझ कानुनी र सुरक्षित माध्यमबाट उपलब्ध गराइँदै आएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागबाट प्राप्त इजाजतले डिगोले प्रचलित कानुनी तथा नियामकीय व्यवस्था अनुसार सेवा सञ्चालन गरिरहेको पुष्टि गरेको कम्पनीको भनाइ छ।

डिशहोम डिजिटलले अत्याधुनिक प्रविधि, आधिकारिक सामग्री र अन्तर्राष्ट्रिय साझेदारीमार्फत डिगो ओटीटीलाई विश्वस्तरीय नेपाली डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit