Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

नेको इन्स्योरेन्सद्वारा सीएसआर अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेको इन्स्योरेन्सद्वारा सीएसआर अन्तरक्रिया कार्यक्रम सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले विभिन्न सामाजिक संघ–संस्था तथा युवा क्लबहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आयोजित कार्यक्रममा सहभागी सामाजिक संघ–संस्था तथा युवा क्लबका प्रतिनिधिहरूले आफूहरूले सञ्चालन गरिरहेका सामाजिक सेवामूलक कार्यक्रम, समुदायमा पुर्‍याइरहेको योगदान तथा आगामी योजनाहरू प्रस्तुत गरेका थिए।

साथै, उनीहरूले यस्ता सामाजिक अभियानलाई अझ प्रभावकारी बनाउन नेको इन्स्योरेन्सबाट अपेक्षित सहयोगका क्षेत्रबारे आफ्ना सुझावसमेत दिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेको इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले संस्थागत सामाजिक उत्तरदायित्व कम्पनीको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गरे । उनले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित प्रभावकारी र दिगो सामाजिक कार्यक्रमहरूमा सहकार्य गर्न कम्पनी सधैं प्रतिबद्ध रहेको प्रस्ट पारे ।

कम्पनीका अनुसार कार्यक्रममा प्रस्तुत भएका प्रस्ताव तथा सामाजिक प्रभावका आधारमा आगामी दिनमा उपयुक्त परियोजनाहरू छनोट गरी सीएसआर अन्तर्गत आवश्यक सहयोग प्रदान गरिनेछ।

कार्यक्रममा कम्पनीको उच्च व्यवस्थापन, कर्मचारी तथा विभिन्न सामाजिक संघ–संस्था र युवा क्लबका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता अन्तरक्रियात्मक कार्यक्रमले निजी क्षेत्र र सामाजिक संस्थाबीच सहकार्य सुदृढ भई समाज विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

देशको निर्जीवन बीमा बजारमा करिब ३० वर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्स लिमिटेडले ग्राहक सेवामा समर्पित रहँदै विभिन्न बीमा योजना तथा द्रुत दाबी भुक्तानी सेवामार्फत आफूलाई अग्रणी बीमा कम्पनीको रूपमा स्थापित गरेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit