काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले एक अत्याधुनिक अनलाईन पोर्टल सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार, ग्राहकहरूलाई लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको पारदर्शी र सहज जानकारी दिने हेतुले यो डिजिटल प्लेटफर्म तयार गरिएको हो। ग्राहकहरूले बैंकद्वारा प्रकाशित लिलाम बिक्रीको सूचनामा उपलब्ध क्यूआर कोड स्क्यान गरी सिधै पोर्टल भित्र प्रवेश गर्न सक्नेछन्।
बैंकले पोर्टलमा लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, वास्तविक फोटो तथा नक्साहरू उपलब्ध गराइएको तथा सम्पत्ति कुन ठाउँमा अवस्थित छ भनी सजिलै पत्ता लगाउन यस पोर्टलमा गुगल म्याप समेत एकीकृत गरिएको जनाएको छ।
बैंकका अनुसार यदि ग्राहकलाई कुनै सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा, सोही सम्पत्तिको विवरण सँगै रहेको म्यासेज बक्समा आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना राखी सिधै बैंकलाई सोधपुछ पठाउन सक्ने व्यवस्था रहेको छ। सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलका अनुसार खरिद गर्न इच्छुक ग्राहकले यस डिजिटल माध्यमबाट विस्तृत विवरण प्राप्त गरी अधिकतम लाभ लिन सक्ने बताए ।
बैंकले डिजिटल बैंकिङ्गलाई प्रवर्द्धन गर्दै ग्राहकहरूलाई घरमै बसी लिलामी प्रक्रियामा रहेका सम्पत्तिहरू सुरक्षित र पारदर्शी रूपमा बुझ्ने वातावरण सिर्जना गरेको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्