images images images
images images images
images
images
images

फेब्रुअरीमा भित्रिए १ लाख ५ हजारभन्दा बढी पर्यटक

images

काठमाडाैं । फेब्रअरीमा १ लाख ५ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् ।

पर्यटन बोर्डका अनुसार सन् २०२६ को फेब्रुअरी महिनामा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन उल्लेख्य रूपमा बढेको हो । उक्त महिनामा कुल १ लाख ५ हजार ४४१ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ८.८ प्रतिशतले बढी हो।

images
images

सन् २०२५ फेब्रुअरीमा ९६ हजार ८८० पर्यटक आएका थिए। सन् २०१९ फेब्रुअरी, अर्थात् कोभिड–१९ महामारीअघिको अवधिसँग तुलना गर्दा पनि यस वर्षको आगमन २.९ प्रतिशतले उच्च देखिएको छ।

सन् २०१९ फेब्रुअरीमा १ लाख २ हजार ४२३ पर्यटक नेपाल आएका थिए। यससँगै नेपालले पूर्व–महामारी स्तरको १०२.९ प्रतिशत पुनरुत्थान हासिल गरेको बोर्डले जनाएको छ।

क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया ९सार्क० बाट सबैभन्दा धेरै पर्यटक आएका छन्। यस क्षेत्रबाट ३५ हजार ३४८ पर्यटक आएका छन्, जुन कुल आगमनको ३३.५ प्रतिशत हो। यो संख्या अघिल्लो वर्षको तुलनामा १७.१ प्रतिशत र सन् २०१९ को तुलनामा २४.९ प्रतिशतले बढी हो।

एशियाका अन्य देशबाट २९ हजार ८५७ पर्यटक आएका छन्, जुन कुलको २८।३ प्रतिशत हो। यो अघिल्लो वर्षभन्दा ६.३ प्रतिशतले बढी भए पनि सन् २०१९ को तुलनामा २३.६ प्रतिशतले कम रहेको छ।

युरोपबाट १७ हजार ४९३ पर्यटक नेपाल आएका छन्, जसले कुल आगमनको १६.६ प्रतिशत हिस्सा ओगटेको छ। यो अघिल्लो वर्षभन्दा ९.५ प्रतिशत र सन् २०१९ भन्दा २.८ प्रतिशतले बढी हो।

अमेरिकाबाट ११ हजार ८१५ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५.९ प्रतिशतले कम भए पनि सन् २०१९ को तुलनामा ३८.३ प्रतिशतले बढी हो।

ओसियानियाबाट १ हजार ६८० पर्यटक आएका छन्, जुन अघिल्लो वर्षभन्दा ५७.६ प्रतिशतले घटेको छ र सन् २०१९ को तुलनामा पनि ४४.३ प्रतिशतले कम हो। मध्यपूर्वबाट ९४९ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षभन्दा ८ प्रतिशतले बढे पनि सन् २०१९ को तुलनामा १७ प्रतिशतले कम रहेको छ

अफ्रिकाबाट ३४४ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षभन्दा ७.५ प्रतिशत र सन् २०१९ को तुलनामा २०।३ प्रतिशतले बढी हो।

‘अन्य’ श्रेणीअन्तर्गत ७ हजार ९५५ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ६२.५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.४ प्रतिशतले बढी हो। समग्रमा फेब्रुअरी २०२६ मा नेपालको पर्यटन क्षेत्रले सशक्त पुनरुत्थानको संकेत दिएको देखिन्छ, यद्यपि केही क्षेत्रीय बजारमा अझै सुधारको आवश्यकता रहेको तथ्यांकले देखाएको छ।

 

images
images

प्रतिक्रिया दिनुहोस्