Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

विजयी भएपछि रञ्जुले भनिन्– ३५ वर्षदेखि धोका दिनेहरूका लागि मतदाताले ढोका बन्द गरिदिए

विजयी भएपछि रञ्जुले भनिन्– ३५ वर्षदेखि धोका दिनेहरूका लागि मतदाताले ढोका बन्द गरिदिए
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–१ बाट नवनिर्वाचित सांसद रञ्जु न्यौपानेले अब काम गरेर देखाउने बताएकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

निर्वाचन आयोगबाट उनले प्रमाणपत्र लिन बाँकी रहेपनि फराकिलो मतान्तरले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका लागि पहिलो जित दर्ता गरेकी न्यौपानेले आफ्ना लागि यो जित महत्वपूर्ण हुनाका साथै चुनौतीपूर्ण पनि रहेको बताइन् ।

सुत्केरी भएको ११ औँ दिनमा सांसद निर्वाचित भएकी न्यौपानेले आज पत्रकार सम्मेलनमार्फत महत्वपूर्ण जित हासिल भएकाले अब काम गरेर देखाउने बताइन् । उनले रियल फाइट अब सुरु हुने भन्दै विवेकशील राजनीतिको जीत भएको बताइन्। उनले भनिन्, ‘यो जित हाम्रा लागि चुनौतीपूर्ण पनि छ। यस्तो महत्वपूर्ण जित हासिल भएकाले अब काम गरेर देखाउनैपर्छ । रियल फाइट त अब सुरु हुँदैछ । काठमाडौं–१ का हरेक मतदातालाई कृतज्ञता व्यक्त गर्न चाहन्छु । यो विवेकशील राजनीतिको पनि जीत हो ।’

विजय भएपछि उनले आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद ज्ञापन गरेकी छन् । उनले भनिन्, ‘यो निर्वाचन विशेष परिस्थितिमा भएको हो । उम्मेदवार र पार्टीले विशेष रणनीति लिएका थियौं। मतदाताले पनि विशेष रुपमा प्रतिक्रिया दिनुभएको स्पष्ट देखियो । ३५–३६ वर्षदेखि बारम्बार मतदाता नेपाली नागरिकलाई धोका दिनेहरुलाई ढोका बन्द गरिदिन्छौं भनेर मतदाताले भनिदिनुभयो । यो हाम्रो लागि निकै सुखद कुरा हो ।’

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit