Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हामीले मात्तिएर होइन संयमित भएर काम गर्नुपर्छ : लामिछाने

हामीले मात्तिएर होइन संयमित भएर काम गर्नुपर्छ : लामिछाने
सभापति लामिछाने – प्रतिक्रिया नारायणगढ (चितवन), २३ फागुनः चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिनुहुँदै ।तस्बिरः सनद अधिकारी÷रासस
विज्ञापन
Advertisement

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतानतरले निर्वाचित भएपछि प्रमुख निर्वाचन अधिकृतबाट विजयी भएको प्रमाणपत्र लिएसँगै पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उनले राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्ने बताएका हुन् ।

जनताले दिएको जिम्मेवारी पूरा गर्न सजिलो नभएको भन्दै उनले लोकतन्त्रमा फरक मतको सम्मान गर्दै अघि बढ्ने बताए । लामिछानेले भने , ‘हामी मात्तिएर होइन संयमित भएर काम गर्नुपर्छ । प्रतिपक्षलाई होच्च्याउनु हुँदैन। लोकतन्त्रमा फरक मतको सम्मान गर्नुपर्छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit