Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कैलाली–३ मा नेकपाको अग्रता

कैलाली–३ मा नेकपाको अग्रता
विज्ञापन
Advertisement

घोडाघोडी । कैलाली क्षेत्र नं ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले अग्रता लिएको छ। नेकपाका उम्मेदवार वीरभान चौधरीले ६०४ मत प्राप्त गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

कैलाली क्षेत्र नं ३ निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार भजनी नगरपालिका–१ को एक हजार ५७२ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगतप्रसाद जोशीले २७५ मत प्राप्त गरेका हुन् ।

त्यसैगरी, नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले २५२, नेपाली कांग्रेसका भीम बडुवालले २१५ तथा एमालेका गौरीशङ्कर चौधरीले १०३ मत प्राप्त गरेका छन् । यहाँ ८३ मत बदर भएको छ। कैलाली–३ मा ५५ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख नौ हजार १२२ मतदाता रहेकामा ६० हजार २९४ मत खसेको थियो ।

सो क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिकाको ४५ मतदानस्थल रहेका छन्। एक सय ४७ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको थियो। सो क्षेत्रमा ११ दलका उम्मेदवार चुनावी मैदानमा छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit