काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८’नामको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
हालै आयोजित एक कार्यक्रमका बीच एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
बैंकले प्रति कित्ता १,००० रुपैयाँ अंकित मूल्यका ३० लाख युनिट ऋणपत्र निष्काशन गर्न लागेको जनाएको छ । सो मध्ये सर्वसाधारणका लागि ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख युनिट र बाँकी ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख युनिट शेयर व्यक्तिगत तबरबाट बिक्री गर्ने जनाएको छ ।
जसको वार्षिक ब्याजदर ६.२५ प्रतिशत रहने छ भने अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिने कम्पनीले जनाएको छ। उक्त ऋणपत्रको अवधि ६ वर्ष रहेको छ।

















प्रतिक्रिया दिनुहोस्