Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

सी जिनपिङको पुस्तक जलाइएको घटनामा छानबिन गर्न गृहको निर्देशन 

सी जिनपिङको पुस्तक जलाइएको घटनामा छानबिन गर्न गृहको निर्देशन 
विज्ञापन
Advertisement
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक जलाइएको घटनामा गृह मन्त्रालयले दोषीमाथि कडा कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।
जिनपिङको पुस्तक जलाइएको घटनाले कूटनीतिक र राजनीतिक रूपमा तरंग पैदा गरेको छ। यस घटनालाई छिमेकी राष्ट्रसँगको सम्बन्धमा आँच पुऱ्याउने कार्य ठहर गर्दै गृहले छानबिन गरी दोषीउपर कारबाही गर्न निर्देशन दिएको हो ।
घटना के हो? 
गत शनिबार राति मनमोहन प्राविधिक विश्वविद्यालयको हाताभित्र चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाइएको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियोमा केही व्यक्तिहरूले पुस्तकको शीर्षक देखाउँदै आगो लगाइरहेको देखिन्छ। यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चीनले तुरुन्तै चासो देखाएको हो।
यस घटनालाई लिएर काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार नै परराष्ट्र मन्त्रालयलाई ‘नोट भर्बल’ पठाएको जनाएको छ। उक्त घटनाको छानबिन तथा कारबाही गर्न दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो। परराष्ट्र मन्त्रालयको पत्राचारपछि गृह मन्त्रालयले घटनाको विस्तृत छानबिन गरी दोषीमाथि कारबाही अघि बढाउन भनेको हो।
विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit