Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

मध्यपूर्वमा द्वन्द्व चर्किँदै जाँदा ट्रम्पले भने– इरानसँगको युद्ध यसै साता सकिने सम्भावना छैन

मध्यपूर्वमा द्वन्द्व चर्किँदै जाँदा ट्रम्पले भने– इरानसँगको युद्ध यसै साता सकिने सम्भावना छैन
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी अमेरिकी–इजरायली युद्ध यसै साता समाप्त हुने सम्भावना नरहेको स्वीकारेका छन् । यद्यपि उनले द्वन्द्व ‘छिट्टै अन्त्य हुने’ दाबी भने दोहोर्‍याएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

ह्वाइट हाउसमा सोमबार युद्ध यसै साता सकिन्छ कि भन्ने सञ्चारकर्मीको प्रश्नमा भने– ‘म त्यस्तो ठान्दिनँ, तर चाँडै अन्त्य हुनेछ’ उनले थप भने,‘धेरै समय लाग्दैन, यो छिट्टै टुंगिन्छ ।’

ट्रम्पले चाँडै नै होर्मुज जलडमरूमध्यबाट गुड्ने जहाजहरूको सुरक्षा गर्न प्रस्ताव गरिएको अमेरिकी गठबन्धनमा सामेल हुन सहमत भएका देशहरूको नाम घोषणा गर्ने उल्लेख गरे । उक्त समुद्री मार्गबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने भएकाले यसलाई अत्यन्त महत्वपूर्ण मानिन्छ।

तर अमेरिकी प्रस्तावित सुरक्षा गठबन्धनमा धेरै अमेरिकी सहयोगी देशहरूले समर्थन जनाएका छैनन् । ट्रम्पले युरोपेली सहयोगीहरूको यस विषयमा देखिएको अनिच्छाप्रति आलोचना गरेका थिए । चीन लगायतका कतिपय देशको नामै लेखेर होर्मुज मार्गमा सैन्य सहयोग मागेका ट्रम्पलाई चीनले साथ नदिएपछि उनले मार्चको अन्त्यमा गर्न लागेको बेइजिङ भ्रमण रोकेका छन् ।

यसैबीच, युरोपेली सङ्घकी शीर्ष कूटनीतिज्ञ काया कालासले ब्रसेल्समा बोल्दै युरोपलाई लामो समयसम्म चल्ने युद्धमा रुचि नभएको बताइन् । उनले यो युरोपको युद्ध नभए पनि यसको प्रभाव युरोपका हितसँग जोडिएको उल्लेख गरिन् ।

संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक आक्रमण सुरु गरेका थिए । त्यसयता द्वन्द्वका कारण अन्तर्राष्ट्रिय जलमार्गमा ढुवानी प्रभावित भएको, तेलको मूल्य बढेको र विश्व अर्थतन्त्रमा अस्थिरता बढेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit