Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

डेल्टा अटोकर्पको ‘नयाँ युगको नयाँ राइड’ अफर सार्वजनिक, भेस्पा–अप्रिलिया स्कुटरमा आकर्षक सुविधा

डेल्टा अटोकर्पको ‘नयाँ युगको नयाँ राइड’ अफर सार्वजनिक, भेस्पा–अप्रिलिया स्कुटरमा आकर्षक सुविधा
विज्ञापन
Advertisement

काठमाडौं ।डेल्टा अटोकर्पको ले नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै “नयाँ युगको नयाँ राइड” नामक विशेष अफर सार्वजनिक गरेको छ। नेपालका लागि प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा र अप्रिलियाको आधिकारिक वितरक कम्पनीले यो अफर देशभरका आफ्ना आधिकारिक शोरूममार्फत उपलब्ध गराएको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार उक्त अफर चैत १३ देखि लागू भएको हो र ग्राहकहरूलाई नयाँ वर्षको सुरुवातसँगै आकर्षक छुट, सहज वित्तीय सुविधा र थप उपहार प्रदान गर्ने उद्देश्य राखिएको छ।

अफरअन्तर्गत ग्राहकहरूले नगद खरिदमा ८,३०० रुपैयाँसम्म छुट पाउनेछन् भने एक्सचेञ्जमार्फत स्कुटर किन्नेहरूका लागि थप १०,००० रुपैयाँ बोनसको व्यवस्था गरिएको छ। साथै, ग्राहकहरूलाई सहज किस्ता योजनाअन्तर्गत ४.९९ प्रतिशतको न्यून ब्याजदरमा ईएमआई सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

नयाँ वर्षको अवसरलाई थप विशेष बनाउन अफर अवधिभर स्कुटर खरिद गर्ने ग्राहकलाई हेल्मेट र स्कुटर कभर जस्ता ब्रान्डेड निःशुल्क एक्सेसरीज प्रदान गरिनेछ।

यसका साथै, अभियानलाई अझ आकर्षक बनाउन साप्ताहिक लक्की ड्र कार्यक्रम पनि सञ्चालन गरिनेछ। यस अन्तर्गत सहभागी ग्राहकहरूले रूपकाेट रिसाेर्टमा लक्जरी गेटवे जित्ने अवसर पाउनेछन्।

अफरबारे प्रतिक्रिया दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजयकुमार महत्वले नयाँ वर्ष नयाँ अवसर र यात्राको सुरुवात हुने समय भएको उल्लेख गरे। उनले “नयाँ युगको नयाँ राइड” अभियानमार्फत ग्राहकलाई प्रिमियम स्कुटर मात्र नभई आत्मविश्वास र गर्वका साथ नयाँ वर्ष सुरु गर्ने अनुभव प्रदान गर्न खोजिएको बताए।

डेल्टा अटोकर्पले यस अभियानमार्फत नेपाली बजारमा प्रिमियम स्कुटरप्रतिको आकर्षण अझ बढाउने विश्वास लिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit