Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

प्रधानमन्त्री कप  : मधेस प्रदेशबाट अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा  

प्रधानमन्त्री कप  : मधेस प्रदेशबाट अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा  
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा मधेस प्रदेशबाट सहभागी हुने खेलाडीको नाम सार्वजनिक गरिएको छ। मधेस प्रदेश खेलाडी छनोट समितिले शनिबार अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

मधेस प्रदेशको टिममा बाराका पवन सर्राफ, कमल गुप्ता, निखिल सिंह, रञ्जित कुमार, राजेश यादव, विशाल पटेल, रोशन विक, प्रदीप पासवान, रुपेश सिंह, दिपेश दास, हरिशङ्कर साह, शैलेन्द्र साह र सन्नी साह रहेका छन्। मधेस प्रदेशको टिमको प्रशिक्षकमा सुनिल साह रहेका छन्। सहप्रशिक्षकमा शुभ टण्डुकार र म्यानेजरमा दीपेन्द्र यादव रहेका छन्। छनोट समितिका संयोजक विकास दलीको नेतृत्वमा १५ सदस्यीय टोलीको छनोट गरेको हो।

मधेसका आठ जिल्लाका टिमबाट प्रतिस्पर्धा गरेका उत्कृष्ट खेलाडीलाई छनोट गरेर मधेस प्रदेशको टिम बनाइएको हो। मधेस प्रदेशको टिम आइतबार बिहानै रुपन्देही प्रस्थान गरिसकेको छ। सो प्रतियोगिता लुम्बिनी प्रदेश क्रिकेट सङ्घको व्यवस्थापनमा हुने प्रतियोगितामा १० टिम सहभागी हुँदै छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit