Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भिभोको फ्ल्यागशिप स्मार्टफोन भिभो भि७० चाँडै सार्वजनिक हुँदै

भिभोको फ्ल्यागशिप स्मार्टफोन भिभो भि७० चाँडै सार्वजनिक हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । भिभोले आफ्नो आउँदै गरेको फ्ल्यागशिप स्मार्टफोन भिभो भि७० को पहिलो आधिकारिक झलक सार्वजनिक गरेको छ । कम्पनीले ‘जाईस पोर्टेट सो प्रो’ को नयाँ अवधारणा अघि सार्दै भि७० मा व्यावसायिक टेलिफोटो प्रविधि र मोबाइल फोटोग्राफीमा नयाँ सम्भावनाको संकेत गरेको छ । प्रिमियम डिजाइन र उन्नत इमेजिङ क्षमतामा केन्द्रित रहने भि७०, भिभोको निरन्तर इनोभेसनको अर्को कोसेढुङ्गा हुने अपेक्षा गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

भिभो भि७०को मुख्य आकर्षण भिभो र जाईसबीचको सहकार्यको नयाँ अध्याय रहने देखिन्छ । यसमा ५० मेगापिक्सेलको जाईस सुपर टेलिफोटो क्यामरा हुने चर्चा छ, जसले टाढाबाट खिचिएका तस्बिरहरूमा पनि उच्च स्पष्टता र सटीकता प्रदान गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, यसको जुम क्षमतालाई थप प्रभावकारी बनाउन ‘एआई स्टेज मोड’ को व्यवस्था गरिएको छ, जुन विशेषगरी कन्सर्टको जटिल लाइटिङ र स्टेज वातावरणमा प्रभावकारी हुने कम्पनीको दाबी छ ।

यसैगरी, भिभो भि७० मा ‘४के ६०एफपीएस’ भिडियो रेकर्डिङको सुविधा हुने जनाइएको छ, जसले भी सिरिजमै पहिलो पटक प्रोफेशनल सिनेमाटिक अनुभव ल्याउनेछ । यसले प्रयोगकर्तालाई लाइभ प्रस्तुतिदेखि द्रुत एक्सन दृश्यहरूसम्मको भिडियो सहज गति र सिनेमाटिक विवरणका साथ कैद गर्न सकिने अपेक्षा गरिएको छ ।

डिजाइनको हकमा पनि भिभो भि७० ले नयाँ उचाइ लिने देखिन्छ । यसमा ‘एयरोस्पेस–ग्रेड एल्युमिनियम अलोय फ्रेम’ प्रयोग गरिएको छ, जसले बलियो संरचनासँगै प्रिमियम मेटालिक फिनिस दिने दाबी गरिएको छ । भिभोको सिग्नेचर फ्ल्याट डिस्प्ले र आकर्षक डिजाइनले आधुनिक सौन्दर्य र सहज प्रयोगबीच सन्तुलन कायम गर्ने कम्पनीको भनाइ छ ।

भि७० मार्फत भिभोले इमेजिङलाई अझ अभिव्यक्तिपूर्ण, डिजाइनलाई अझ आत्मविश्वासी र प्रदर्शनलाई अझ शक्तिशाली बनाउने आफ्नो दृष्टिकोणलाई निरन्तरता दिएको छ। तर, यो अहिले केवल पहिलो झलक मात्र हो। अधिकांश विवरणहरु अझै गोप्य राखिएको छ । भिभो भि७० का पूर्ण विशेषताहरू, मूल्य, र आकर्षक अफरहरू आगामी ७ अप्रिलमा हुने आधिकारिक लन्च कार्यक्रममा मात्र सार्वजनिक गरिनेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit