Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको दबदबा, पछ्याउँदै जलविद्युत

शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको दबदबा, पछ्याउँदै जलविद्युत
विज्ञापन
Advertisement

 काठमाडाैं । शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको शेयर हिस्सा सबैभन्दा बढी रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

तर, केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाको हिस्सा स्थिर रहँदा जलविद्युत क्षेत्रको हिस्सा पुँजी बजारमा बढ्दै गएको तथ्यांकले देखाउँछ । बढ्दो जलविद्युत क्षेत्रको लगानीले पनि यो क्षेत्रमा पूँजी बजारको हिस्सा बढाउँदै लगेको हो । धितोपत्र बोर्डमा अझै जलविद्युत समूहको साधारण शेयर निष्कासन अनुमतिको पर्खाईमा पाउनेको संख्या धेरै रहेको छ ।

धितोपत्र बजार पुँजीकरणमा पनि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा धेरै ५०.७ प्रतिशत रहेको छ । जलविद्युत् कम्पनीको हिस्सा १७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.८ प्रतिशत, अन्य समूहको ८.३ प्रतिशत, लगानी कम्पनीको ६.९ प्रतिशत, व्यापारिक संस्थाको ४.६ प्रतिशत र होटल समूहको हिस्सा ३.३ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २९४ पुगेको छ । अघिल्लो वर्ष २०८२ वैशाखमा यस्तो संख्या २७१ रहेको थियो ।

सूचीकृत कम्पनीमध्ये सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी १३३ रहेका छन् । त्यसपछि जलविद्युत् कम्पनी १०३, उत्पादन तथा प्रशोधन उद्योग २८, होटल ९, लगानी कम्पनी ७, व्यापारिक संस्था ४ र अन्य समूहका कम्पनी १० रहेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit