Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

महाभोजले नेताहरूको भ्रष्टाचारलाई पर्दामा ल्याएको छ : अभिनेता आचार्य

महाभोजले नेताहरूको भ्रष्टाचारलाई पर्दामा ल्याएको छ : अभिनेता आचार्य
विज्ञापन
Advertisement

काठमाडौं । सहकारी ठगीको पीडा र त्यसले सिर्जना गरेका चुनौतीहरूलाई केन्द्रमा राखेर निर्माण भएको चलचित्र ‘महाभोज’हेरेपछि हास्यव्यङ्ग्य अभिनेता हरिवंश आचार्यले फिल्मले अत्यन्त स्पष्ट रुपमा नेताहरूको भ्रष्टाचारलाई पर्दामा ल्याएको प्रतिक्रिया दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रको सोमबार विशेष प्रर्दशनमार्फत फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको हो । फिल्मले सहकारी संस्थाहरूमा हुने ठगी र भ्रष्टाचारलाई उजागर गर्दै नेपालको आर्थिक अवस्था र सामाजिक पक्षलाई छुन खोजेको छ। हेर्नेहरूले फिल्मले मात्र मनोरञ्जन नभई शिक्षाको पनि काम गरेको बताएका छन्। एक दर्शकले भने, “चलचित्रले समाजमा भएको अन्यायलाई यति नजिकबाट देखायो कि म भावुक भएको छु।”

विशेष शोमा सहभागी साहित्यकार अमर न्यौपानेले फिल्मले कानूनी व्यवस्थाको कमजोरीमाथि प्रश्न उठाएकोले एकपटक आम नागरिकलाई याृ बारेमा सोच्न बाध्य पार्ने धारणा राखे । “संविधान र कानूनका कारण हामी लोकतान्त्रिक गणतन्त्रमा छौं तर सहकारी पीडितलाई न्याय नपाएको अवस्था फिल्मले देखायो। यो यथार्थले हामीलाई सोच्न बाध्य पार्छ,” उनले भने।

अभिनेता हरिवंश आचार्यले नेताहरुले गर्ने भ्रष्टाचारलाई फिल्मले अत्यन्त प्रस्ट रुपमा फिल्ममार्फत देखाएको बताए । उनले भने, “जनताको पैसा कसरी दुरुपयोग हुन्छ भन्ने कुरा फिल्मले अत्यन्त स्पष्ट देखाएको छ। नेताहरूको भ्रष्टाचारलाई पर्दामा ल्याएको छ।” यस्तै, सरोज खनालले फिल्मको सन्देशले गहिरो रुपमा व्यथितिलाई उजागर गरेको धारणा राखे । उनले भने, “गोली चलाएर मान्छे मारेको भन्दा मर्न बाध्य बनाउनेलाई ठूलो हत्यारा मान्नु पर्छ। ‘महाभोज’ले यही कुरा उजागर गरेको छ।”

फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने लगायतका कलाकारहरूले अभिनय गरेका छन्, जसले कथालाई प्रभावकारी बनाएको छ। जितु नेपालले फिल्मको विषयवस्तु मार्मिक र सत्यतामा आधारित रहेको बताए।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit