images images images
images images images
images
images
images

पर्ख र हेरमा शेयर लगानीकर्ता, कारोबार रकम बढ्यो

images

काठमाडाैं । साताको बुधबार नेप्से परिसूचक दुई दशमलव ९५ अंकले घटेको छ। नेप्से परिसूचक घटेर दुई हजार ८ सय ४ दशमलव १७ विन्दुमा आइपुगेको हो ।नेप्से परिसूचक घटेसँगै कारोबार भने अघिल्लो दिनको तुलनामा केही बढेको छ ।

अघिल्लो दिन पाँच अर्व माथिको कारोबार भएको कारोबार यो दिन सात अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ । यतिबेला शेयर बजारका बारेमा विभिन्न कम्पनीहरुमाथि छानविन चलिरहेको छ । यसले शेयर लगानीकर्ताभित्र केही डर,शुद्धिकरण हुने आशाले पनि बजार प्रति पर्ख र हेरको अवस्थामा देखिन्छन् ।

images
images

यो दिन पाल्पा सिमेन्ट इन्ड्रटिज, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रि, शिखर पावर डेभलपमेन्ट,झापा इनर्जी लिमिटेडको शेयर मूल्य १४.०८ प्रतिशतदेखि १५ प्रतिशतसम्मले बढेर सर्किट लागेको छ ।
होटल फरेष्ट इन लिमिटेड,एशियन हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक,सुपरखुँदी हाइड्रोपावर, मुक्तिनाथ म्यूचुअल फण्डको शेयर मूल्य ४.४० प्रतिशतदेखि १०.७५ प्रतिशतसम्मले घटेको छ ।

त्यस्तैगरी यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये पाँचवटा समूहको सूचक सामान्य अंकले बढ्दा अन्य समूह सूचक पनि सामान्य अंकले घटेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्