Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

उद्योगीमाथि अनुसन्धानका नाममा भइरहेको व्यवहारप्रति काठमाडौँ उद्योग वाणिज्य संघको आपत्ति

उद्योगीमाथि अनुसन्धानका नाममा भइरहेको व्यवहारप्रति काठमाडौँ उद्योग वाणिज्य संघको आपत्ति
विज्ञापन
Advertisement

काठमाडौं । उद्योगी–व्यवसायीमाथि अनुसन्धानका नाममा भइरहेको पछिल्लो व्यवहारप्रति नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले गम्भीर आपत्ति जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

संघले यस्ता गतिविधिले निजी क्षेत्रमा अनावश्यक दबाब र भयको वातावरण सिर्जना गर्दै व्यवसायिक वातावरण नै प्रभावित पार्ने चेतावनी दिएको छ।

संघले जारी गरेको विज्ञप्तिमा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान गर्ने क्रममा शेखर गोल्छा लाई हिरासतमा राखी गरिएको अनुसन्धानप्रति कडा विरोध जनाइएको छ।

विज्ञप्तिमा गोल्छामाथि अनावश्यक दुःख, हैरानी र मानमर्दन हुने गरी व्यवहार गरिएको आरोप लगाइएको छ। संघले ‘दोषी कोही उम्कनु हुँदैन, तर निर्दोषमाथि अन्याय पनि हुनु हुँदैन’ भन्ने स्पष्ट धारणा राख्दै विशेषगरी वित्तीय प्रकृतिका अभियोग र फौजदारी अभियोगबीच फरक व्यवहार हुनुपर्ने जनाएको छ।

जोखिम लिएर लगानी गरिरहेका व्यवसायीहरू हिरासतबाट भाग्ने सम्भावना न्यून हुने भन्दै अनुसन्धानकै क्रममा थुनामा राख्नु उपयुक्त नभएको संघको भनाइ छ।

विज्ञप्तिमा यस्ता मुद्दामा पहिले सम्बन्धित पक्षलाई सुन्ने, तथ्य र प्रमाण संकलन गर्ने र दोष पुष्टि भएपछि मात्र कानुनी प्रक्रिया अगाडि बढाउने विधि अपनाउनुपर्नेमा जोड दिइएको छ।

हाल देखिएको अभ्यास अनुसार अनुसन्धानकै क्रममा व्यवसायीलाई थुनामा राख्ने, बैंक खाता रोक्का गर्ने तथा व्यवसायिक गतिविधि अवरुद्ध गर्ने कार्यले समग्र आर्थिक वातावरणमा नकारात्मक असर पर्ने संघले उल्लेख गरेको छ। यसले निजी क्षेत्रको मनोबल कमजोर पार्नुका साथै लगानीमैत्री वातावरणमा समेत असर गर्ने चेतावनी दिइएको छ।

संघले देशभरका उद्योगी–व्यवसायीलाई एकजुट हुन आह्वान गर्दै राज्यले यथाशीघ्र हिरासतबाट मुक्त गरी हाजिरी जमानीमा अनुसन्धान अघि बढाउन माग गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit