काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को अध्यक्ष पदमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको आज बसेको बैठकले रेग्मीलाई सर्वसम्मत रूपमा नयाँ अध्यक्ष चयन गरेको हो । नवनियुक्त अध्यक्ष रेग्मी हाल ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्यरत छन् ।
उनी ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै निफ्राको सञ्चालक समितिमा रहेका थिए । बैंकिङ क्षेत्रमा लामो र सफल अनुभव सम्हालेका रेग्मीको नेतृत्वले निफ्राको आगामी व्यावसायिक यात्रालाई थप उचाइमा पुर्याउने विश्वास बैंकले लिएको छ ।
यसअघि निफ्राको अध्यक्ष पदमा अनुज अग्रवाल कार्यरत थिए । अग्रवालले आफ्नो पदबाट राजीनामा दिएपछि रेग्मीलाई नयाँ जिम्मेवारी दिइएको हो । देशको पूर्वाधार विकासमा लगानी गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको निफ्रामा वाणिज्य बैंकहरू तथा निजी क्षेत्रको ठुलो हिस्सेदारी रहेको छ।
















प्रतिक्रिया दिनुहोस्