Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भैरहवाबाट ४१ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

भैरहवाबाट ४१ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
विज्ञापन
Advertisement

लुम्बिनी । रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार खानतलासी गर्दा भन्सार छलेका विभिन्न सामान बरामद गरेको छ । सामानहरू लुकाइछिपाई राखिएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले भन्सार छलेका सामान बरामद गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित कोठहीमाई पथमा रहेको एक व्यापारीको गोदाममा खानतलासी गर्दा भन्सार छलेका ४१ लाख ३२ हजार २२४ रूपैयाँ मूल्यबराबरका विभिन्न सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन् ।

खानतलासी गर्दा २३ लाख ३२ हजार रूपैयाँ बराबरको ५३ बोरा खरबुजाको बीउ, पाँच लाख ७० हजार २४० रूपैयाँ मूल्यबराबरको ४४ कार्टुन कोलगेट, ११ लाख ३५ हजार रूपैयाँ मूल्यबराबरको २२७ बोरा ओखर, ९५ हजार रूपैयाँ मूल्यबराबरको ३८ बोरा मकै बरामद गरिएको हो ।

प्रहरीले बरामद गरेका सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit