विराटनगर । कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि बजेट विनियोजन गरेको छ। कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामवहादुर मगर रानाले बजेट प्रस्तुत गरेका हुन्। बजेटमा कोशी प्रदेश सरकारले सहकारीमा डुबेको पीडितको रकम फिर्ता गर्नका लागि चक्रीय कोषको स्थापना गर्ने भएको छ ।
उक्त कोष स्थापना गर्नका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । अपचलनको सम्पत्ति लिलाम विक्रीबाट प्राप्त रकम उक्त कोषमा जम्मा गर्ने बजेटमा उल्लेख छ ।















प्रतिक्रिया दिनुहोस्