Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘एक मुठ्ठी बादल’ को ट्रेलर सार्वजनिक, कलाकारहरुले सुनाए अनुभव

‘एक मुठ्ठी बादल’ को ट्रेलर सार्वजनिक, कलाकारहरुले सुनाए अनुभव
विज्ञापन
Advertisement

काठमाडौं । गाैंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सन, थर्ड कल्चर किड्स र क्रोमोजोम फिल्मको सह–निर्माणमा बनेको नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ को ट्रेलर सार्वजनिक भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल’को आइतबार निर्माण टिमले आइप्लेक्स मल, नयाँ बानेश्वरमा एक समारोहबीच ट्रेलर सार्वजनिक गरेको हो । कार्यक्रममा अभिनेत्री आँचल शर्माले चलचित्र पारिवारिक कथामा आधारित रहेको बताएकी छन् ।

आँचलले महिला निर्देशकसँग काम गरेको अनुभव पनि सकारात्मक रहेको उल्लेख गरिन् । उनका अनुसार निर्माण टिमले सहज वातावरणमा काम गर्ने अवसर प्रदान गरेको थियो, जसले अभिनयलाई थप प्रभावकारी बनाएको उनले बताइन् । उनले भनिन्, ‘यो पारिवारिक कथामा केन्द्रित चलचित्र हो । तर यसमा आमा, माइली र जेठीका रुपमा निभाएका पात्रहरुले रमाइलो अनुभूति भएको छ । फिमेल निर्देशकसँग काम गर्दा सहज भएको छ ।’

ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारेको छ । विवाह र सम्बन्धलाई लिएर परिवारभित्र बुनिएको जटिल बुझाइ र दृष्टिकोणलाई निर्देशक सहारा शर्माले सहजरुपमा चित्रण गरेकी छन् । मुख्य पात्र आँचल विवाहलाई लिएर खुसी छैनन् । परिवार भने उनको विवाहमा सामाजिक प्रतिष्ठा देखिरहेको छ । यसबीच, परिवारभित्र आउने सम्बन्ध र अपेक्षाको उतारचढावले ट्रेलरलाई रोचक बनाएको छ ।
फिल्ममा निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीको पनि अभिनय छ ।

फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन् । निर्माण टोलीमा जर्मन निर्मातामा सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल छन् । फिल्म ‘एक मुठ्ठी बादल’ १ जेठ अर्थात १५ मेमा रिलिज हुनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit