Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा निर्धारण भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन सुन तोलाको तीन लाख नौ हजार ५०० रूपैयाँमा किनबेच भएको थियो । हिजोको तुलनामा आज सुनको मोल प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको हो । यसअघि आइतबार प्रतितोला ४८ सय रूपैयाँले घटेको सुन सोमबार एक सय रूपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि उकालो लागेको छ । हिजो प्रतितोला पाँच हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ हजार ३३५ रुपैयाँ पुगेको छ । यो मूल्य सोमबारको तुलनामा ७० रुपैयाँले बढी हो ।

यसअघि चाँदी आइतबार पाँच हजार २७० रूपैयाँमा किनबेच भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit