काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले संकटग्रस्त घोषित दुईवटा सहकारीका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।
समितिको २०८३ वैशाख २३ गतेको निर्णयअनुसार हाम्रो नयाँ कृषि सहकारीका १२ जना र कृषि विकास बहुउद्देश्यीय सहकारीका १२० जना ऋणीहरूको विवरण बाहिर ल्याएको हो ।बचतकर्ताहरूको रकम फिर्ता गराउने र उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले समितिले उपलब्ध ऋण विवरणका आधारमा यो नामावली सार्वजनिक गरेको स्पष्ट पारेको छ ।
समितिले जारी गरेको सूचनामा उल्लेखित ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र ऋण नसलाए प्रचलित कानुनबमोजिम कडा असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ। साथै, यसअघि नै ऋण चुक्ता गरिसकेका तर प्राविधिक कारणवश नामावलीमा नाम परेका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित समितिमा उपस्थित हुन समेत आग्रह गरेको छ ।
यस्तो छ ऋणीहरुको नामावली :



















प्रतिक्रिया दिनुहोस्