Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तेस्रो वार्षिकोत्सव पारेर बतास एमएडब्लु कमर्सियलद्वारा विविध कार्यक्रम आयोजना

तेस्रो वार्षिकोत्सव पारेर बतास एमएडब्लु कमर्सियलद्वारा विविध कार्यक्रम आयोजना
विज्ञापन
Advertisement

काठमाडौं । बतास अर्गनाइजेशन र एमएडब्लु इन्टरप्राइजेजबीचको संयुक्त साझेदारी बतास एमएडब्लु कमर्सियल भेहिकल्स ९द्यःऋख्० ले स्थापनाको तेस्रो वर्ष पूरा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

व्यावसायिक यात्राको तीन वर्ष पुगेको अवसरमा कम्पनीले देशभरका आफ्ना शाखाहरू मार्फत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाएको छ। व्यावसायिक वृद्धिसँगै सामाजिक सेवालाई पनि प्राथमिकतामा राख्दै कम्पनीले स्वास्थ्य, वातावरण र ज्येष्ठ नागरिकका लागि महत्वपूर्ण योगदान पुर्‍याएको जनाएको छ।

यसैबीच, स्थापना दिवसकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा कर्मचारी र स्वयंसेवकहरूको उल्लेख्य सहभागिता रहेको थियो। संकलित ५१ युनिट रगतले आकस्मिक स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ। यसका साथै, कम्पनीले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ८७ जना लाभान्वित भएका छन्, जसले स्थानीय समुदायमा स्वास्थ्य सचेतना फैलाउन मद्दत पुर्‍याएको छ।

वृक्षारोपण अभियान
पर्यावरणीय जिम्मेवारीलाई आत्मसाथ गर्दै द्यःऋख् ले देशभरका आफ्ना १४ वटा शाखाहरू मार्फत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ‘भविष्यका पुस्ताका लागि स्वच्छ वातावरण’ भन्ने सन्देशका साथ गरिएको यो पहलले दिगो विकासप्रति कम्पनीको प्रतिबद्धतालाई प्रस्ट पारेको छ।

ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग
वार्षिकोत्सवको विशेष अवसरमा कम्पनीको टोलीले मातातीर्थ वृद्धाश्रम पुगेर त्यहाँ रहेका ज्येष्ठ नागरिकहरूलाई खाद्यान्न वितरण गरेको उल्लेख गरेको छ। टोलीले वृद्धाश्रमका आमाबुबाहरूसँग समय बिताउँदै उनीहरूसँगै भोजन समेत गरेको थियो। यस कार्यले सामुदायिक सद्भाव र ज्येष्ठ नागरिकप्रतिको आदरभावलाई बलियो बनाएको कम्पनीको ठहर छ।बतास कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो तीन वर्षको यात्रा केवल व्यावसायिक सफलतामा मात्र सीमित छैनस समाजमा सकारात्मक प्रभाव पार्नु पनि हाम्रो मुख्य उद्देश्य हो। आगामी दिनहरूमा पनि हामी व्यापारिक विस्तारसँगै सामाजिक सेवालाई निरन्तरता दिनेछौं।’

साझेदारीको तीन वषएमा देशभर १४ वटा शाखाहरू सञ्चालन गरिएको, स्वास्थ्य शिविर, रक्तदान र वृक्षारोपण मार्फत समाजमा योगदान पुर्याएको तथा बतास अर्गनाइजेशन र एमएडब्लु बीचको बलियो सहकार्यलाई कम्पनीले उपलब्धी मानेको छ। बतास एमएडब्लु कमर्सियल भेहिकल्सले ग्राहकको विश्वास र सामाजिक सेवालाई नै आफ्नो प्रगतिको आधार स्तम्भ मानेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit