Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भान्सामा हुने धुँवा न्युनिकरण गर्न सुधारिएको चुलो वितरण

भान्सामा हुने धुँवा न्युनिकरण गर्न सुधारिएको चुलो वितरण
विज्ञापन
Advertisement

सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिकाका सबै घरधुरीलाई धुँवा मुक्त बनाईने भएको छ । पालिकालाई भान्साबाट निस्कने धुवाँबाट मुक्त गर्न सुधारिएको चुलो वितरण गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

‘एक घर, एक सुधारिएको चुलो’ अभियान अन्तर्गत चुलो चुलो वितरण गरिएको नगरप्रमूख शंकर प्रसाद उपाध्ययले बताए । विभिन्न गैरसरकारी संस्थाहरुसंगको साँझेदारीमा तिलागुफामा सुधारिएको चुलो वितरण गरिएको हो ।

खाना पकाउँदा भान्सामा हुने धुँवाले नागरिकहरुको स्वास्थ्यमा पु¥याउने असर न्युनिकरण गर्न पालिकाले सुधारिएको चुलो वितरण अभियान थालेको उनको भनाई छ । तिलागुफा नगरपालिकाको साझेदारी, वैकल्पिक ऊर्जा केन्द्र तथा जलवायु संरक्षणका लागि कर्णाली उत्थानशील अभियान नेपाल (कृन) को समन्वयमा नगरपालिकाभित्रका घरधुरीमा सुधारिएको चुलो वितरण गरिएको हो ।

विश्वव्यापी जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रमा तीव्र रूपमा देखिन थालेको र त्यसले बढ्दो हरितगृह ग्यास उत्सर्जन न्युनिकरण गर्दै वातावरण संरक्षण गर्नु अहिलेको आवश्यकता भएको उनको भनाई छ । ‘तिलागुफा नगरपालिकाभित्र १ हजार २५ थान सुधारिएको चुलो वितरण गरिसकिएको छ’ उनले भने, ‘यसले परम्परागत चुलोको तुलनामा ४० प्रतिशतसम्म दाउराको खपत कम गर्ने र धुँवा मुक्त गर्न सहज हुनेछ ।’

नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले दाउराको खपत कम हुँदा वनजंगल संरक्षण, कार्बन उत्सर्जनमा कमी तथा भान्छाको धुवाँका कारण महिला तथा बालबालिकामा हुने श्वासप्रश्वास सम्बन्धी रोग न्युनिकरण गर्न सकिने बताए । भान्समा हुने धुवा र दुषित पानीका कारण धेरै रोगको संक्रमण हुने भएकोले पानीका लागि फिल्टर वितरण गर्ने योजना नगरपालिकाको रहेको जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit