Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

फिफा विश्वकप :आयोजक अमेरिकाको पाराग्वेमाथि दबदबा

फिफा विश्वकप  :आयोजक अमेरिकाको पाराग्वेमाथि दबदबा
Paraguay's Damian Bobadilla (16) reacts afer scoring an on goal during the World Cup Group D soccer match against United States in Inglewood, Calif., near Los Angeles, Friday, June 12, 2026. (AP Photo/Andre Penner)
विज्ञापन
Advertisement

 काठमाडाैं । आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ मा शानदार सुरुवात गरेको छ । अमेरिकाको लस एन्जल स्टेडियममा शनिबार बिहान भएको खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकालेको हो ।

विज्ञापन
Advertisement
Advertisement

अमेरिकाको जितमा फोलारिन बालोगुनले २ र जियोभानी रेयनाले एक गोल गर्दा एक गोल आत्मघाती रुपमा पायो । पाराग्वेका लागि मौरिसियाले सान्त्वना गोल गरे । खेलको ७ मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता लिएको थियो ।

स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले हानेको बल आफ्नो गोलपोष्टमा छिरेपछि अमेरिकाले अग्रता लियो । त्यसपछि ३१औं मिनेटमा फोलारिन बालोगुन गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा फोलिरिनले नै व्यक्तिगत दोस्रो गोल गर्दे अमेरिकाको अग्रतालाई तेब्बर बनाए । पाराग्वेका मौरिसियोले ७१औं मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरे ।

दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा अमेरिकाका जियोभानी रेयनाले गोल गर्दै टोलीलाई ४–१ को जितमा पु¥याए । जितसँगै अमेरिकाले समूह ‘डी’ मा ३ अंक जोड्दै शीर्ष स्थानमा छ ।

उक्त समूहमा अमेरिका र पाराग्वेसहित अस्ट्रेलिया र टर्की छन् । यसअघि आजै भएको खेलमा क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit