Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

महानगरको वडाबाटै मालपोतको सेवा : १५ दिनमा १९ जनाले पाए पूर्जा, ५४ जना लाभांवित

महानगरको वडाबाटै मालपोतको सेवा : १५ दिनमा १९ जनाले पाए पूर्जा, ५४ जना लाभांवित
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा तहबाटै भूमि प्रशासन सेवा उपलब्ध गराउन थालेपछि नागरिकहरूलाई मालपोत कार्यालय धाउनुपर्ने बाध्यता विस्तारै हट्दै गएको छ।

विज्ञापन
Advertisement
Advertisement

नमूनाका रूपमा महानगरले १० वटा वडाबाट सुरु गरेको यो सेवाको पहिलो १५ दिनमा ५४ जना प्रत्यक्ष लाभांवित बनेका छन् ।महानगरपालिकाले मालपोत कार्यालय चावहिल, डिल्लीबजार र कलंकीसँग २०८२ चैत १२ गते सम्झौता गरी २०८३ वैशाख २ गते देखि जग्गासम्बन्धि सेवा सुरु गरेको थियो।

पछिल्लो १५ दिनको तथ्याङ्क अनुसार महानगरका सेवा केन्द्रहरूबाट स्वामित्व परिवर्तन सबैभन्दा धेरै सेवा प्रवाह गरिएको छ । भूसेवा केन्द्र तथा भूसूचना प्रणाली कार्यक्रमका फोकल पर्सन अशोक श्रेष्ठका अनुसार यस्तै १९ जनालाई प्रमाण पूर्जा प्रदान गरिएको छ। यसमा सगोलनामाको लिखत पारित, मृत्युपछिको जग्गा नामसारी, राजीनामा लिखत पारित, छोडपत्र लिखत पारित, हालैदेखिको लिखत पारित, रैकर जग्गा दर्ता जस्ता सेवा प्रदान गरिएका छन् ।

हाल महानगरका वडा नं. ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ बाट उक्त सेपा सञ्चालन भैरहेका छन् । महानगरका फोकल पर्सन अशोक श्रेष्ठका अनुसार अब नागरिकले वडा कार्यालयबाटै भूमिको स्वामित्व हस्तान्तरण र हक सम्बन्धी कार्य, लेखापढी, स्रेस्ता व्यवस्थापन र रोक्का तथा फुकुवा सिफारिस जस्ता अभिलेख व्यवस्थापन सेवा समेत पाउने छन् । साथै, सेवाग्राहीको पहिचान सुनिश्चित गर्न वडाबाटै बायोमेट्रिक विवरण संकलन तथा सेवा बापत लाग्ने दस्तुर र कर वडा कार्यालयमै बुझाउन सकिने छ।

मुलुकी देवानी संहिता, २०७४ बमोजिम वडाले आफ्नो रोहवरमा कारणीको ल्याप्चे, सहीछाप र सनाखत गराई थप प्रक्रियाका लागि मालपोत कार्यालय पठाउनेछ। जग्गाधनी संकेत नम्बर कायम भएका र ससिम कित्ताको हकमा वडाले नै प्रक्रिया अगाडि बढाउनेछ । संकेत नम्बर नभएकाहरूको हकमा अद्यावधिकका लागि मालपोत पठाइने व्यवस्था गरिएको महानगरले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit