Advertisement
Advertisement
Corporate Samachar
६ आश्विन २०८३, मंगलवार
Advertisement

रोयल इन्फिल्डको ‘वन राइड’मा १५ सय बढी राइडर सहभागी, डाउन सिन्ड्रोम एसोसिएसनलाई २ लाख सहयोग

रोयल इन्फिल्डको ‘वन राइड’मा १५ सय बढी राइडर सहभागी, डाउन सिन्ड्रोम एसोसिएसनलाई २ लाख सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्। असोज ४ गते देशका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको राइडमा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएका थिए।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भएको राइड गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो। देशभरका २२ वटा अधिकृत विक्रेता केन्द्रबाट राइडरहरू कार्यक्रममा सहभागी भएको आयोजकले जनाएको छ। राइडकै अवसरमा रोयल इन्फिल्ड नेपालले डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

सहयोग रकमको चेक अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले डाउन सिन्ड्रोम एसोसिएसन नेपालका अध्यक्ष रमेश तामाङ, उपाध्यक्ष डा. प्रभा मैनाली र आरके सिंहलाई हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्दै निर्देशक पौडेलले राइडिङलाई मोटरसाइकल र यात्रामा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व तथा समुदायसँगको सहकार्यसँग जोड्दै लैजाने बताए। आगामी दिनमा पनि सामाजिक तथा सामुदायिक गतिविधिलाई निरन्तरता दिने उनको भनाइ थियो। कम्पनीका अनुसार ‘वन राइड’को उद्देश्य देशका विभिन्न स्थानमा रहेका रोयल इन्फिल्ड राइडर तथा राइडर समुदायलाई एउटै मञ्चमा जोड्नु, अनुभव आदानप्रदान गर्नु तथा सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गर्नु हो।

 

रोयल इन्फिल्ड नेपालले आफ्नो राइडर समुदायलाई मोटरसाइकल र राइडिङमा मात्र सीमित नराखी सामाजिक गतिविधिसँग समेत जोड्दै आएको जनाएको छ। ‘शुद्ध मोटरसाइकलिङ’को अवधारणाअन्तर्गत आयोजना गरिएको ‘वन राइड’ले देशभरका राइडरलाई एउटै अभियानमा जोड्नुका साथै समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ।

कम्पनीले राइडिङलाई यात्रा मात्र नभई अन्वेषण, अनुभव र समुदायसँग जोडिने माध्यमका रूपमा लिएको जनाएको छ। यही अवधारणालाई अघि बढाउँदै आगामी दिनमा पनि राइडर समुदाय र स्थानीय समुदायसँग सहकार्य गर्ने गतिविधिलाई निरन्तरता दिइने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit