Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

बजेट अभावले जोमसोमको कभर्ड हल दुई वर्षदेखि अलपत्र

बजेट अभावले जोमसोमको कभर्ड हल दुई वर्षदेखि अलपत्र
विज्ञापन
Advertisement

मुस्ताङ ।  घरपझोङ गाउँपालिका–४ जोमसोममा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल बजेट अभावका कारण दुई वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। ‘एक स्थानीय तह एक खेलग्राम’ कार्यक्रमअन्तर्गत सुरु गरिएको उक्त आयोजना समयमै सम्पन्न हुन नसकेको हो।

विज्ञापन
Advertisement
Advertisement

हाल निर्माणाधीन कभर्ड हलको काम रोकिएपछि संरचना अपूरो अवस्थामा छ। सङ्घ, प्रदेश र स्थानीय तहको संयुक्त लागत साझेदारीमा निर्माण सुरु गरिएको यो परियोजना २०७६/७७ सालमा सुरु भएको थियो।

घरपझोङ गाउँपालिकाका इन्जिनियर चक्र बमले समयमै पर्याप्त बजेट सुनिश्चित नहुँदा निर्माण कार्य अघि बढ्न नसकेको जानकारी दिएका छन्। उनका अनुसार हालसम्म कभर्ड हलको भौतिक प्रगति करिब ४० प्रतिशत मात्र पुगेको छ।

निर्माण सुरु भएको छ वर्षमा सङ्घ, प्रदेश र स्थानीय तहबाट पटक–पटक बजेट विनियोजन भए पनि आवश्यक लागतअनुसार रकम नपुग्दा काम प्रभावित हुँदै आएको छ। हालसम्म कभर्ड हलमा दुई करोडभन्दा बढी खर्च भइसकेको छ।

हाल संरचनाअन्तर्गत प्यारापिट, भुइँतला संरचना र केही कोठा निर्माण भइसकेका छन् भने फलामे ढोका समेत जडान गरिएको छ। कभर्ड हल ७०० देखि ८०० दर्शक अट्ने क्षमताको रहने बताइएको छ।

गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सङ्घीय र प्रदेश सरकारसँग निरन्तर बजेट माग गरिए पनि पर्याप्त रकम नआएकाले आयोजना पूरा गर्न कठिन भएको बताएका छन्। स्थानीय तहको मात्र प्रयासले आयोजना सम्पन्न गर्न नसकिने उनको भनाइ छ।

मुस्ताङका पाँचै स्थानीय तहमा इन्डोर खेलमैदान नहुँदा खेलकुद गतिविधि सञ्चालनमा समस्या हुँदै आएको छ। विशेषगरी हावाहुरीका कारण जोमसोम क्षेत्रमा बाहिरी खेलकुद सञ्चालन कठिन हुने भएकाले कभर्ड हललाई महत्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit