Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

जेसीबी उपकरण खरिदमा एभरेष्ट बैंकले ८० प्रतिशतसम्म फाइनान्स गर्ने, ७ दिनमै डेलिभरी अर्डर पाइने

जेसीबी उपकरण खरिदमा एभरेष्ट बैंकले ८० प्रतिशतसम्म फाइनान्स गर्ने, ७ दिनमै डेलिभरी अर्डर पाइने
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि र एभरेष्ट बैंक लिमिटेडबिच ग्राहकहरूलाई सहज वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ।

विज्ञापन
Advertisement
Advertisement

उक्त समझदारीपत्रमा एम.ए.डब्लु. अर्थ मुभर्सका तर्फबाट सञ्जय देव यादव र एभरेष्ट बैंक लिमिटेडका तर्फबाट विनय खनालले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार जेसीबी लगायतका निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले उपकरणको कुल मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्। एभरेष्ट बैंकका देशभर रहेका जुनसुकै शाखाहरु मार्फत ग्राहकहरूले यो सहज वित्तीय सुविधा लिन सक्नेछन्।

ऋण स्वीकृति प्रक्रियालाई सरल र छरितो बनाउन आवश्यक सम्पूर्ण कागजातहरू पेश गरी प्रक्रिया पूरा भएको अवस्थामा ७ कार्यदिनभित्रै डेलिभरी अर्डर जारी गरिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यो सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई आवश्यक उपकरण खरिदका लागि सहज वित्तीय पहुँच पुर्‍याउनेछ। वित्तीय प्रक्रियामा हुने झन्झट र समयको बचत गर्दै ग्राहकहरूको व्यवसाय विस्तारमा यो साझेदारी कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ।

यस रणनीतिक सहकार्यले नेपालको समग्र निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा कम्पनीले गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit