काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले नागार्जुन–स्थित हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बैंकको शाखा कार्यालय नख्खुमार्फत काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले बाल गृहकी प्रतिनिधि सृजना नेपालीलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन्।
बाल गृहमा आश्रित बालबालिकाहरूलाई स्वच्छ तथा सुरक्षित खानेपानीको सहज पहुँच उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ। यस सहयोगले बालबालिकाहरूको दैनिक जीवनयापनमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले व्यक्त गरेको छ।
कार्यक्रममा बोल्दै हेल्पिङ ह्यान्डस बाल गृहकी सृजना नेपालीले बालबालिकाहरूको आवश्यकतालाई सम्बोधन गर्ने गरी सहयोग गरेकोमा कामना सेवा विकास बैंकप्रति आभार व्यक्त गरिन्। यस्ता सामाजिक सहयोगले संस्थालाई आफ्ना सेवाहरू अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने उनको भनाइ छ।
कामना सेवा विकास बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने विज्ञप्तिमार्फत जनाएको छ।















प्रतिक्रिया दिनुहोस्