काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह–प्रायोजकका रूपमा सहकार्य गरेको छ।
यस सहकार्यअन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्स टिभी तथा डीगो एपमार्फत सहभागी रहनेछ।
नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त अवसरमा प्रतिक्रिया दिँदै विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सवसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए । उनले भने,‘फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्ससँग सह–प्रायोजकका रूपमा सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौं। यस प्रतिष्ठित प्रतियोगिताले खेलकुदमार्फत विश्वभरका अर्बौं दर्शकलाई एकताबद्ध गर्नेछ। यस ऐतिहासिक खेल महोत्सवसँग आफ्नो उपस्थिति जोड्न पाउनु हाम्रो लागि गर्वको विषय हो।’
उनका अनुसार यो सहकार्यले नेपाली दर्शकहरूलाई विश्वकपको उत्साह अझ नजिकबाट अनुभव गराउने र नेपाल लाइफको ब्राण्डलाई देशभरका खेलप्रेमीसँग थप मजबुत रूपमा जोड्ने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्