Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

अतिक्रमित संरचना हटाउन पोखरा महानगरले गर्यो ३५ दिने सूचना जारी

अतिक्रमित संरचना हटाउन पोखरा महानगरले गर्यो ३५ दिने सूचना जारी
विज्ञापन
Advertisement

कास्की । पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ। वैशाख ३ गते कार्यपालिका बैठकको निर्णयअनुसार जारी उक्त सूचनापछि बसपार्क क्षेत्रका बासिन्दा भने व्यवस्थापनविना हटाइने चिन्तामा परेका छन्।

विज्ञापन
Advertisement
Advertisement

पर्यटकीय राजधानी पोखराको पृथ्वीचोकस्थित बसपार्क निर्माणका लागि विसं २०३२ मा २०५ रोपनी जग्गा छुट्याइएको थियो । तर करिब पाँच दशकसम्म योजना कार्यान्वयन नहुँदा हाल उक्त क्षेत्र खुम्चिएर करिब ४७ रोपनीमा सीमित भएको छ। महानगरको अध्ययनअनुसार बसपार्क क्षेत्रभित्र ४०० भन्दा बढी सुकुमवासी परिवार बसोबास गर्दै आएका छन्।

लामो समयसम्म बसपार्क निर्माण नहुँदा हाल पृथ्वीचोक क्षेत्रमा सडक पेटीबाटै लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुँदै आएका छन्, जसले गर्दा दैनिक रूपमा यातायात अस्तव्यस्त हुने र जामको समस्या बढिरहेको छ।

महानगरको पछिल्लो कदमसँगै सुकुमवासी तथा सरोकारवाला पक्षले भने वैकल्पिक व्यवस्थापनको माग अघि सारेका छन्। बसपार्कभित्रको कृष्ण टोल आमा समूहकी अध्यक्ष रुपा केसीले उचित व्यवस्थापनबिना हटाइनु स्वीकार्य नहुने बताउँदै आफूहरू विकासको विरोधी नभएको स्पष्ट पारिन्। ‘उचित व्यवस्थापन भए हामी स्थान छोड्न तयार छौँ,’ उनले भनिन्।

यस्तै, भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङले सुकुमवासीलाई हाल बसोबास गरिरहेको क्षेत्र वा नजिकैको वडामा व्यवस्थापन गर्नुपर्ने माग गरे। व्यवस्थापनबिना स्थान खाली गराउन खोजिएको भन्दै उनले चिन्ता व्यक्त गरे।

मजदुर नेता रुद्र गौतमले भने अतिक्रमण हटाउने कार्यमा सहयोग रहने जनाउँदै बसपार्कका लागि छुट्याइएको सम्पूर्ण २०५ रोपनी जग्गा नै खाली गरी योजना अघि बढाउनुपर्ने बताए। विगतमा शक्तिको दुरुपयोग गरी जग्गा किनबेच भएको दाबी गर्दै उनले वास्तविक सुकुमवासीलाई विकासको बाधकका रूपमा चित्रण गर्नु गलत हुने धारणा राखे।

यसैबीच, संघीय राजधानी काठमाडौँ मा समेत पछिल्ला दिनहरूमा अतिक्रमित जग्गा खाली गराउने अभियान जारी रहेको सन्दर्भमा पोखरामा पनि त्यस्तै प्रक्रिया अघि बढाइएको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit