Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

महासंघको नयाँ नेतृत्वसँग आर्थिक पुनरुत्थान र नीतिगत सुधारको अपेक्षा गरेका छौं : अध्यक्ष दाहाल

महासंघको नयाँ नेतृत्वसँग आर्थिक पुनरुत्थान र नीतिगत सुधारको अपेक्षा गरेका छौं : अध्यक्ष दाहाल
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) को ६०औँ वार्षिक साधारण सभाबाट नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठ लगायत नयाँ पदाधिकारी एवं कार्यसमितिलाई नेपाल डेरी एसोसिएसनले शुभकामना व्यक्त गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले एक शुभकामना सन्देश जारी गर्दै महासंघको नयाँ नेतृत्वले निजी क्षेत्रको समग्र हित, उद्योग व्यवसायमैत्री वातावरण निर्माण, नीतिगत सुधार तथा वर्तमान आर्थिक गतिविधिको पुनरुत्थानमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

एसोसिएसनले महासंघको नयाँ नेतृत्वले दुग्ध तथा कृषि उद्योगहरुको प्रवद्र्धन र उत्पादन वृद्धि, स्वदेशी उत्पादनको प्रोत्साहन तथा समय अनुसार डेरी क्षेत्रको आधुनिकीकरण एवं किसानको हित संरक्षणमा काम गर्ने अपेक्षा समेत व्यक्त गर्दै सहकार्य मार्फत अघि बढ्ने जनाएको छ।

एसोसिएसनले ‘स्वदेशी उत्पादन, आत्मनिर्भर अर्थतन्त्र र किसानमैत्री उद्योग’ को अभियानलाई थप मजबुत बनाउन महासंघको नयाँ नेतृत्वसँग समन्वयात्मक रूपमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । महासंघको यो नयाँ कार्यसमितिले देशको आर्थिक विकास र उत्पादनमुखी उद्योगको प्रवद्र्धनमा ऐतिहासिक योगदान पुर्‍याउने अपेक्षा गरिएको जारी सन्देशमा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit