Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सरकारले त्रिविसहित देशका आठ विश्वविद्यालयमा उपकुलपति छान्न माग्यो दरखास्त

सरकारले त्रिविसहित देशका आठ विश्वविद्यालयमा उपकुलपति छान्न माग्यो दरखास्त
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले रिक्त रहेका देशका आठ विभिन्न विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ।

विज्ञापन
Advertisement
Advertisement

उपकुलपति छनोट तथा सिफारिस समितिले आज एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नागरिकहरूबाट दरखास्त माग गरेको हो ।

कुन–कुन विश्वविद्यालयमा खुल्यो दरखास्त ?
समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा रिक्त उपकुलपतिको पदपूर्ति गर्न दरखास्त मागेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमार्फत ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ ल्याएर उपकुलपति छनोट प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउने जनाएको छ । इच्छुक उम्मेदवारहरूले आजको १० दिनभित्र दरखास्त दिनुपर्नेछ।

सरकारले केही समयअघि अध्यादेशमार्फत विश्वविद्यालयका पदाधिकारीहरूलाई पदमुक्त गरेपछि यी पदहरू रिक्त भएका थिए। अब खुला प्रतिस्पर्धाका आधारमा सरकारले सक्षम व्यक्तिलाई नेतृत्व सुम्पिने जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit