काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको वैचारिक श्रृंखला ‘नीति मन्थन’ कार्यक्रमलाई पुनः निरन्तरता दिने भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशन र गत वैशाख २० गते बसेको केन्द्रीय सचिवालयको बैठकको निर्णयअनुसार यस कार्यक्रमलाई पुनः सुरु गर्न लागिएको रास्वपाले जनाएको छ ।
रास्वपाले समसामयिक र राष्ट्रिय महत्त्वका विषयहरूमा दलभित्र घनिभूत छलफल गरी नीतिगत स्पष्टता ल्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागेको उल्लेख गरेको छ ।
रास्वपा केन्द्रीय सचिवालयका अनुसार पुनः सुरु हुन लागेको नीति मन्थनको पहिलो कार्यक्रम आगामी वैशाख २७ गते तय छ । उक्त दिन नेपालमा मनसुन नजिकिँदै गर्दा हुन सक्ने सम्भावित प्राकृतिक विपद् र त्यसको सामना गर्न आवश्यक नीतिगत तयारीबारे ‘विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन’ शीर्षकमा छलफल हुँदैछ ।
रास्वपाले विगतमा थालेको नीति मन्थन बीचमा रोकेको थियो । अहिले थप व्यवस्थित रूपमा उक्त कार्यक्रमलाई अगाडि बढाउन लागिएको पार्टी सचिवालयले जनाएको छ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्