Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भोटेकोशी–५ जलविद्युतले स्थानीयलाई दिने भयो प्रमोटर शेयर

भोटेकोशी–५ जलविद्युतले स्थानीयलाई दिने भयो प्रमोटर शेयर
विज्ञापन
Advertisement

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधिन ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीय बासिन्दालाई प्रमोटर शेयर (संस्थापक शेयर) दिने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

आयोजना प्रभावित क्षेत्रका बासिन्दाको आर्थिक हितलाई मध्यनजर गर्दै कम्पनीले संस्थापक शेयर दिने निर्णय लिएको जनाएको हो । आयोजनाका कार्यकारी अध्यक्ष मोहनविक्रम कार्कीका अनुसार, प्रभावित क्षेत्रका बासिन्दाले सहज रूपमा लगानी गर्न सक्ने गरी शेयर संरचनाको तयारी भइरहेको छ।

साधारण शेयर (आइपीओ) आउनुभन्दा अगाडि नै स्थानीयलाई प्रमोटरका रूपमा समेट्दा उनीहरूले दीर्घकालीन रूपमा बढी लाभ लिन सक्ने कार्कीको विश्वास छ। बाह्रबिसे नगरपालिकाको वडा नम्वर ३,४,५,८ र ९ र त्रिपुरासुन्दरीको ३ नम्वर वडाका प्रत्यक्ष प्रभावितमा स्थानीयले ७० प्रतिशत काम सम्पन्न भएपछि प्रमोट शेयर वापतको रकम जम्मा गर्न पाउने छन्।

आयोजना सञ्चालनमा आएपछि स्थानीय जनता लाभांशकर्ताको रूपमा पनि लाभान्वित हुनेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit