काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्सले ‘रिजनल सेल्स स्किल कन्टेस्ट २०८२/८३’ सम्पन्न गरी राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु गरेको छ।
यामाहा ट्रेनिङ एकेडेमीको छातामुनि आयोजना गरिएको यस प्रतियोगिताले देशभरका डिलरहरूबाट उत्कृष्ट बिक्री र सेवा दक्षता भएका प्रतिभाहरूलाई एकत्रित गरेको हो। अग्रपंक्तिमा कार्यरत जनशक्तिको सीप अभिवृद्धि, उत्कृष्टताको सम्मान र सशक्त सेल्स टिम निर्माण गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ।
बिक्रीतर्फको क्षेत्रीय प्रतिस्पर्धा मेचीदेखि महाकालीसम्मका प्रमुख व्यापारिक क्षेत्र समेट्दै काठमाडौं, इटहरी, बर्दिबास, भरतपुर र नेपालगञ्ज गरी पाँच शहरमा आयोजना गरिएको थियो। त्यसैगरी, सेवातर्फको प्रतियोगिता काठमाडौं, बुटवल, बर्दिबास, इटहरी र नेपालगञ्जमा सम्पन्न भएको थियो। सहभागीहरूको मूल्याङ्कन उत्पादनसम्बन्धी ज्ञान, प्रतिस्पर्धीबारे जानकारी, अटोमोबाइलका आधारभूत विषय तथा व्यावहारिक बिक्री र सेवा सीपका आधारमा गरिएको आयोजकले जनाएको छ।
क्षेत्रीय प्रतिस्पर्धाअन्तर्गत सेल्स स्किलतर्फ चूडामणि आचार्य – बी एण्ड बी अटो ट्रेडर्स, विराटचोक, फर्स्ट रनर अप ः समुन्द्र पंगेनी – भिएडब्लु इन्टरप्राइजेज, पोखरा र सेकेन्ड रनर अपमा अनिश महर्जन – डी एण्ड डी अटोलिङ्क सीतापाइला विजयी भएका छन् । त्यसैगरी, सर्भिस स्किलतर्फ प्रवीण सान्डा– मोटो क्राफ्ट, गोंगबु, फर्स्ट रनर अप: निरोज श्रेष्ठ – ऋषिक्, अटोमोबाइल्स, कुमारीपाटी र सेकेन्ड रनर अपमा दिपन सरकार – क्रेशभ कमर्सियल, दमक विजयी घोषित भए ।
सबै विजेताहरूले भैरहवाको परासीस्थित यामाहा फ्याक्ट्री भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन्। साथै, सर्भिस स्किल प्रतियोगिताका विजेताहरूले विश्वस्तरीय स्किल प्रतियोगितामा समेत सहभागिता जनाउन पाउनेछन्।
जेठ १६ गते काठमाडौंमा सम्पन्न संयुक्त राष्ट्रिय प्रतिस्पर्धामा पाँचै क्षेत्रबाट बिक्री तथा सेवातर्फका उत्कृष्ट ३–३ जना गरी कुल ३० जना फाइनलिस्टहरूले राष्ट्रिय सेल्स स्किल कन्टेस्टमा स्थान सुरक्षित गरेका छन्। यस वर्ष एमएडब्लू राइड्स र वाइटिएले बिक्री र सेवा दुवै विधालाई एउटै संयुक्त कार्यक्रममा समेट्ने एकीकृत अवधारणा अघि बढाएका छन्।
एमएडब्लू राइड्सका अनुसार यो पहल केवल प्रतिस्पर्धा मात्र नभई जनशक्तिमा गरिएको लगानी हो। आधारभूत तहदेखि नै दक्ष जनशक्ति विकास गर्दा यामाहाको डिलर नेटवर्क अझ सशक्त बन्ने र अन्ततः नेपालभरका ग्राहकहरूले उत्कृष्ट सेवा अनुभव प्राप्त गर्ने विश्वास कम्पनीले लिएको छ।

















प्रतिक्रिया दिनुहोस्