Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रमादा बाई विन्धाम इटहरीद्वारा आकर्षक ‘मे अफर’ सार्वजनिक

रमादा बाई विन्धाम इटहरीद्वारा आकर्षक ‘मे अफर’ सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । पूर्वी नेपालको प्रिमियम हस्पिटालिटी गन्तव्य, रमादा बाई विन्धाम इटहरीले तीनवटा विशेष ‘इन–हाउस’ अफरहरू सार्वजनिक गरेको छ। खानपिन, मनोरञ्जन र ताजगीलाई प्राथमिकता दिँदै होटलले ‘मे इन्डल्जेन्स’ अभियान अन्तर्गत यी योजनाहरू ल्याएको जनाएको हो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार मिडवीक ट्रिपल ट्रीट अफर ल्याइएको छ। जसमा हप्ताको मध्यतिरको थकान मेटाउन होटलले प्रत्येक बुधबार र बिहीबार विशेष अफर अन्र्तगत साँझ ५ बजेदेखि ७ बजेसम्म भोड्कामा आधारित ककटेलहरूमा २ किन्दा १ निःशुल्क उपलब्ध गराउने छ।

यसैगरी, टेस्ट अफ इटाली दोस्रो अफरमा प्रत्येक शुक्रबार एरिया रेस्टुरेन्टमा इटालीको स्वाद र कलालाई प्रस्तुत गरिनेछ। साँझ ६ बजेदेखि ९ः३० बजेसम्म ग्राहकले दक्ष सेफहरूको मार्गदर्शनमा आफैंले दुईवटा इटालियन परिकार बनाएर खान सक्नेछन् । डिप एन्ड डाइन तेस्रो अफरमा ग्राहकले मे १ देखि ३१ सम्म ‘डिप एन्ड डाइन’ प्याकेज अन्र्तगत विभिन्न ब्राण्डका पेय पदार्थमा २० प्रतिशत सम्म छुट पाउने कम्पनीले जनाएको छ।

इटहरीको मुटुमा अवस्थित यो होटलमा ८१ वटा सुसज्जित कोठाहरू रहेका छन्। यहाँ सुत्र लाउन्ज, एरिया र सुक्र बार गरी चारवटा फरक खानपान गन्तव्यका साथै स्विमिङ पुल, ब्याङ्क्वेट हल र फिटनेस सेन्टरलगायतका सुविधाहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit