काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक र बैंकका कर्मचारीहरूले पोखराको डालिया होटलमा विशेष छुट पाउने भएका छन् ।
नेपाल बैंक र पोखरा, लेकसाइड–६ मा रहेको डालिया होटेलबीच सेवा शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी हालै सम्झौता भएको हो । सम्झौता अनुसार नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरूले डालिया होटलले प्रदान गर्ने विभिन्न सेवाहरूको बिल रकममा १० प्रतिशतदेखि ३५ प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र डालिया होटेलको तर्फबाट बिक्री निर्देशक सीता रायमाझीले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट बैंकका ग्राहक र कर्मचारीहरूले पोखरा भ्रमणका क्रममा सहुलियतपूर्ण र गुणस्तरीय आतिथ्यताको लाभ लिन सक्ने विश्वास लिइएको छ ।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले हाल आफ्ना २३१ शाखाहरू, २४६ एटिएम र ६१ एक्सटेन्सन काउन्टरहरू मार्फत देशभरका करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याउँदै आएको छ । पछिल्लो समय ग्राहक सेवामा व्यापक सुधार गर्दै बैंकले आधुनिक बैंकिङ प्रविधि र ऊर्जावान् युवा जनशक्ति मार्फत छिटोछरितो एवं गुणस्तरीय सेवा प्रदान गरिरहेको जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्