Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

घान्द्रुकमा चक्रीय पदमार्गसः पर्यटन प्रवर्द्धनसँगै मौलिकता जोगाउने चुनौती

घान्द्रुकमा चक्रीय पदमार्गसः पर्यटन प्रवर्द्धनसँगै मौलिकता जोगाउने चुनौती
विज्ञापन
Advertisement

घान्द्रुक । पर्यटकीय गाउँ घान्द्रुकमा निर्माणाधीन चक्रीय पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको नयाँ आकर्षण बन्दै गएको छ । पर्यटकको बसाइ लम्ब्याउने र छोटो दूरीको पदयात्रा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण भइरहेको पदमार्गको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

विज्ञापन
Advertisement
Advertisement

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङ का अनुसार समितिको पहलमा तीन वर्षअघि सुरु गरिएको परियोजनामा यस वर्ष नेपाल पर्यटन बोर्ड को २० रूपैयाँ लाख बजेटबाट थप काम भइरहेको छ । निर्माणमा संघ, प्रदेश र स्थानीय सरकारसँगै स्थानीय दाताको पनि सहयोग रहेको छ ।

चक्रीय पदमार्ग अन्नपूर्ण गाउँपालिका–१० र ११ अन्तर्गत पर्ने घान्द्रुक गाउँको बसपार्कदेखि पञ्चे, कोटगाउँ, बलाचे उद्यान, देउराली, नभ्री थेव मेश्रम बराह मन्दिर, कोचमा प्लाँ, ब्रेज मेश्रम बराह मन्दिर, नेगो, चिया बगान र डाँडागाउँ हुँदै पुनः बसपार्कमा आएर टुङ्गिनेछ । गाउँमाथिको वन क्षेत्र हुँदै जाने मार्गमा विश्रामस्थल, चौतारी तथा उद्यान निर्माणसमेत भइरहेको छ ।

घान्द्रुकका पर्यटन व्यवसायी अमृत लामा गुरुङ ले चक्रीय पदमार्ग छोटो दूरीको हाइकिङका लागि उत्कृष्ट गन्तव्य भएको बताए । उनका अनुसार घान्द्रुकमा बास बसेका पर्यटकले बिहान सूर्योदय अवलोकनसँगै पदयात्रा गर्न सक्छन् । गाउँभन्दा अझ आकर्षक दृश्यावलोकन पदमार्गमा देख्न सकिने र प्रकृतिसँग रमाउन सकिने उनको भनाइ छ ।

गुरुङ समुदायको धार्मिक आस्थासँग जोडिएको मेश्रम बराह मन्दिर पनि यही मार्गमा पर्ने भएकाले धर्मपर्यटनको सम्भावना समेत बढेको छ । स्थानीय निर्माण सामग्री प्रयोग गरी मौलिक शैलीमा निर्माण भइरहेको पदमार्गमा हालसम्म झण्डै ५३ लाख रूपैयाँ खर्च भइसकेको समितिले जनाएको छ । बलाचे र बुद्ध उद्यान निर्माणको काम पनि अगाडि बढाइएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालयका प्रमुख भीमप्रसाद उपाध्याय ले चक्रीय पदमार्गले घान्द्रुक पर्यटनमा नयाँ आकर्षण थपेको बताए । उनका अनुसार पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ भने आन्तरिक पर्यटन पनि फस्टाउँदै गएको छ । अहिलेको याममा एकैदिनमा ८५६ जनासम्म विदेशी पर्यटक घान्द्रुक पुगेका छन् ।

सडक पहुँच विस्तार, व्यवस्थित पर्यटकीय पूर्वाधार तथा अन्नपूर्ण आधार शिविर र पुनहिल–घोरेपानी जोड्ने पदमार्गका कारण घान्द्रुक पर्यटकको रोजाइमा पर्दै आएको छ । पर्यटकीय याममा दैनिक दुईदेखि तीन हजारसम्म पर्यटक पुग्ने घान्द्रुकमा हाल रिसोर्टसहित ८० होटल र ३५ घरबास सञ्चालनमा छन् । आठ सयभन्दा बढी कोठासहित यहाँ पर्यटन क्षेत्रमा अर्बौँको लगानी भइसकेको छ भने सयौँले रोजगारी पाएका छन् ।

तर बढ्दो व्यवसायीकरणसँगै गाउँको मौलिकता हराउने चिन्ता पनि स्थानीय र पर्यटन व्यवसायीमा बढ्दो छ । आधुनिक संरचना, सडक विस्तार र बदलिँदो जीवनशैलीले गुरुङ समुदायको कला, संस्कृति तथा परम्परागत स्वरूप प्रभावित हुँदै गएको स्थानीयको गुनासो छ । प्रकृति र संस्कृतिको सङ्गम मानिने घान्द्रुकमा पर्यटन विस्तारसँगै मौलिक पहिचान जोगाउने चुनौती थपिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit