Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

ढोरपाटनमा आन्तरिक पर्यटन वृद्धि, होटल व्यवसाय फस्टाउँदै

ढोरपाटनमा आन्तरिक पर्यटन वृद्धि, होटल व्यवसाय फस्टाउँदै
विज्ञापन
Advertisement

गलकोट (बागलुङ)। नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटन व्यवसाय तीव्र रूपमा विस्तार हुँदै गएको छ। पछिल्लो समय पर्यटक आगमन बढेसँगै यहाँ होटल, गेष्टहाउस तथा होमस्टे सञ्चालनको संख्या उल्लेखनीय रूपमा बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार हाल ढोरपाटन क्षेत्रमा ३९ वटा निजी होटल, होमस्टे तथा गेष्टहाउस सञ्चालनमा छन्। तीमध्ये साधारण र विशिष्ट गरी कुल २४० कोठा क्षमता रहेको छ। पर्यटक आगमन बढेसँगै स्थानीयवासीले घरबासलाई आयआर्जनको मुख्य स्रोत बनाउँदै आएका छन्।

ढोरपाटन नगरपालिकाका तल्लोचौर, पाखाथर, तिब्बतीयन क्याम्प, स्यालपाखे, एयरपोर्ट, बिजोरीखोला, माझचौर, उत्तरगङ्गा र नवी क्षेत्रमा होटल तथा होमस्टे सञ्चालनमा छन्। पर्यटकको चाप बढ्ने समयमा यी संरचनाहरू भरिभराउ हुने गरेको व्यवसायीले बताएका छन्।

पाखाथर सामुदायिक घरबासकी अध्यक्ष पुनम बुढामगरका अनुसार मात्रै पाखाथर क्षेत्रमा १० वटा घरबास सञ्चालनमा छन् र एकै रातमा करिब २०० पाहुना राख्न सकिने क्षमता छ। उनले घरबासले महिलालाई आत्मनिर्भर बनाउँदै गाउँको आर्थिक गतिविधि बढाएको बताए।

गत वर्ष ढोरपाटन क्षेत्रमा २३ हजार ६९२ पर्यटक आएको तथ्याङ्क छ। स्थानीय व्यवसायीका अनुसार सडक पहुँच विस्तार, सामाजिक सञ्जालमार्फत प्रचारप्रसार र आन्तरिक पर्यटन वृद्धिका कारण पर्यटक आगमन निरन्तर बढिरहेको छ।

होटल व्यवसायीहरूले पूर्वाधार विकास, सडक स्तरोन्नति, खानेपानी, विद्युत् र सञ्चार सेवामा सुधार भए ढोरपाटनको पर्यटन अझै विस्तार हुने बताएका छन्। प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमशृङ्खलाको दृश्य, सिकार आरक्ष र धार्मिक–सांस्कृतिक सम्पदाका कारण ढोरपाटन गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit