काठमाडौं । जग्गा किनेर घर बनाउने सपना देखिरहेका नेपालीहरूलाई लक्षित गरी नेपाल बैंक लिमिटेडले ‘घडेरी कर्जा’ योजना सार्वजनिक गरेको हो।
यस योजना अन्तर्गत ग्राहकले अब सहज रूपमा जग्गा खरिदका लागि ऋण प्राप्त गर्न सक्नेछन् । यस कर्जा योजनाको सबैभन्दा मुख्य विशेषता लामो भुक्तानी अवधि हो । बैंकका अनुसार ग्राहकले लिएको कर्जा अधिकतम २० वर्षभित्र भुक्तानी गर्न सक्ने सुविधा दिइएको छ, जसले गर्दा मासिक किस्ताको भार कम भई मध्यमवर्गीय परिवारलाई जग्गा जोड्न सहज हुने देखिन्छ ।
साथै बैंकले देशभर रहेका आफ्ना सम्पूर्ण शाखाहरूबाट अत्यन्तै सरल र झन्झटमुक्त प्रक्रियाबाट सुलभ ब्याजदरमा यो कर्जा उपलब्ध गराउने जनाएको छ ।
जग्गा खरिद गर्न चाहनेले पनि आफूलाई पायक पर्ने नेपाल बैंकको शाखामा गएर यस सम्बन्धी थप जानकारी लिन र आवेदन दिन सक्नेछन् । ‘हामी तपाईंको सपनालाई वास्तविकतामा परिणत गर्छौं’ भन्ने नाराका साथ ल्याइएको यो कर्जा योजनाले विशेषगरी मध्यमवर्गीय परिवारलाई आफ्नै थातथलो जोड्न मद्दत पुर्याउने विश्वास बैंकले लिएको छ।

















प्रतिक्रिया दिनुहोस्