Advertisement
Advertisement
Corporate Samachar
१३ असार २०८३, शनिबार
Advertisement

प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा. पोखरेल

प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा. पोखरेल
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव पदमा डा. चिरञ्जीवीप्रसाद पोखरेल नियुक्त भएका छन् । वन तथा वातावरणमन्त्री एवं कोषका अध्यक्ष गीता चौधरीले उनलाई यही वैशाख २९ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभए सम्मका लागि कोषको सदस्यसचिवमा नियुक्त गरेकी हुन् ।

विज्ञापन
Advertisement
Advertisement

कोषको वरिष्ठ निर्देशक पदमा हाल कार्यरत डा. पोखरेल प्रतिष्ठित वन्यजन्तु जीवविज्ञ, संरक्षण योजनाकार तथा प्रख्यात बाघविज्ञ हुन् । उनीसँग संरक्षण क्षेत्रमा २७ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ ।

नवनियुक्त सदस्यसचिव डा. पोखरेलले कोषको उद्देश्य, दूरदृष्टि तथा मूल्यमान्यताप्रति प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई प्रकृति संरक्षणको क्षेत्रमा अझ उच्च उपलब्धितर्फ अग्रसर गराउने दृढ अठोट व्यक्त गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit